यो साता बीमा कम्पनीहरुको शेयरमा हरियाली, कारोबार भएका २० वटाकै शेयरमूल्य बृद्धि, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । यो साता शेयर बजार अन्तिम दिनमा ३९ अंकले बढेर २००७ को विन्दुमा कायम भएको छ । शेयर बजारमा दोहोरो अंकले बढोत्तरी भएसँगै जीवन बीमा र निर्जीवन बीमा उपसूचकमा पनि सामान्य रुपले बृद्धि भएको छ ।
कारोबार साताको अन्तिम दिन जीवन बीमा उपसूचक २ दशमलव ५४ प्रतिशत अर्थात २७३ रुपैयाँले बढेर ११ हजार २५ को विन्दुमा कायम भएको छ । यसका साथै निर्जीवन बीमा उपसूचक पनि २ दशमलव २९ प्रतिशतले अर्थात २४० रुपैयाँले बढेर भई १० हजार ७१६ को विन्दुमा कायम भएको छ ।
यो साता शेयर बजारमा ८ कम्पनीको शेयर कारोबार भएको छ । यो साता शेयर कारोबार भएका आठ जीवन बीमा कम्पनीहरुमध्ये सबै कम्पनीको शेयरमूल्य बढेको छ।
यो शाता कारोबार भएका कम्पनीहरुमध्ये एलआइसी नेपालको शेयरमूल्य सर्वाधिक रहेको छ । यो साता कम्पनीको शेयरमूल्य प्रतिकित्ता एक हजार एक हजार ४२३ रुपैयाँमा किनबेच भएको छ ।
त्यस्तै, नेपाल लाइफको ७०४ रुपैयाँ, एशियन लाइफको ६९१ रुपैयाँ, नेशनल लाइफको ६०५ रुपैयाँ, आइएमई लाइफको ५५४ रुपैयाँ, सूर्यज्योति लाइफको ५५१ रुपैयाँ र हिमालयन लाइफको ४३९ रुपैयाँमा शेयर कारोबार भएको छ ।
यो साता १२ निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबार भएको छ । कारोबार भएका कम्पनीहरुमध्ये १२ कम्पनीको शेयरमूल्य नै बढेको छ ।
कारोबार भएका कम्पनीहरुमध्ये सरकारी स्वामित्व रहेको राष्ट्रिय बीमा कम्पनीको शेयरमूल्य सर्वाधिक रहेको छ । कम्पनीको शेयर प्रतिकित्ता १४ हजार ७२३ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, नेको इन्स्योरेन्सको ८७० रुपैयाँ, नेपाल इन्स्यारेन्सको ७९२ रुपैया,ँ एनएलजीको ७७२ रुपैयाँ, शिखरको ७६५ रुपैयाँ, सिद्धार्थ प्रिमियरको ७५९रुपैयाँ, सगरमाथा लुम्बिनीको ७२५ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ६८५ रुपैयाँ र युनाइटेड अजोडको ५८७ रुपैयाँमा कारोबार भएको छ ।