चार वाणिज्य बैंकले घोषणा गरे लाभांश, कुनले कति दिँदैछन् बोनस र नगद ?

२९ भाद्र २०८०, शुक्रबार १३:१६

काठमाडौं । वाणिज्य बैंकहरुले धमाधम लाभांश घोषणा गर्न थालेका छन् । लाभांश घोषणा गरेका चार बैंकमध्ये एकले साधारणसभा नै आह्वान गरिसकेको छ ।

हालसम्म सबैभन्दा बढी लाभांश घोषणा गर्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकले सेयरधनीलाई ३०।५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।बैंकले सेयरधनीलाई २९ प्रतिशत बोनस र कर प्रयोजनका लागि १।५२ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो । बैंकको यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

दोस्रो बैंकमा एभरेष्ट छ । बैंकले सेयरधनीलाई २०।६८ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । जसमा बोनस १० र करसहित १०।५३ प्रतिशत नगद लाभांश रहेको छ ।

यस्तै सानिमा बैंकले गत आर्थिक वर्षको नाफाबाट १४।७० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ९ प्रतिशत र करसहित ५।७० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।

यस्तै माछापुच्छ्रे बैंकले सेयरधनीलाई गत आर्थिक वर्ष २०७९र८० को नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । जसमा १३।३० प्रतिशत बोनस र कर प्रयोजनका लागि ०।७० प्रतिशत नगद लाभांश छ ।

बैंकले असोज १८ गते बिहीबार वार्षिक साधारणसभा गर्ने निर्णय गरेको छ । बैंकले साधारणसभाका लागि असोज ८ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । असोज ७ सम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*