हिमालयन लघुवित्तको शेयर संरचना परिवर्तन

२९ भाद्र २०८०, शुक्रबार ११:५८

काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर संरचना परिवर्तन भएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुचीकृत कम्पनीको ३१ लाख ९८ हजार १८१ कित्ता शेयरमध्ये परिवर्तित संरचना पश्चात कायम भएको संस्थापक समुहतर्फ ५१ प्रतिशत र सर्वसाधारण समुहतर्फमा ४९ प्रतिशत धितोपत्रको अनुपात कायम भएको छ ।

कम्पनीले आफ्नो शेयर संरचना परिवर्तनको लागि आवश्यक प्रक्रिया पुरा गरी नेप्सेलाई अनुरोध गरेपश्चात भदौ २७ को निर्णयले शेयर संरचना परिवर्तन गरिएको नेप्सेले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*