एनआईसी एशिया बैंकको लाभांश घोषणा, बोनस र नगद कति ? (लाभांश इतिहाससहित)
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष ०७९।०८० को मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको हो ।
बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले आफ्ना शेयरधनीलाई कुल ३० दशमलव ५२ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।बैंकले शेयरधनीलाई २९ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि १ दशमलव ५२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।
बैंकले घोषणा गरेको लाभांश आउदो वार्षिक साधारण सभा र नेपाल राष्ट्र बैंकले पारित गरेपश्चात लगानीकर्ताले पाउनेछन् ।
लाभांश इतिहाससहित
एनआईसी एशिया बैंकले निरन्तर २ वर्षदेखि निराश रहेका लगानीकर्ताहरुको मुहारमा यस वर्ष खुशियाली आएको छ ।
वाणिज्य बैंकहरुमध्ये लाभांश वितरण गर्न सक्ने क्षमताको आधारमा एनआईसी एशिया बैंक दोस्रो स्थानमा रहेको थियो । बैंकले विगतका ८ आर्थिक वर्षसम्म आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गरेको इतिहास रहेको छ ।
बैंकले आर्थिक वर्ष ०७।०७२ मा सबैभन्दा बढी लाभांश वितरण गरेको थियो । बैंकले यस आवमा आफ्ना शेयरधनीलाई ३९ प्रतिशत बोनस र २.०५ प्रतिशत नगद गरी ४१.०५ प्रतिशतले लाभांश वितरण गरेको थियो ।
त्यस्तै, बैंकले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष ०७०।०७१ मा ३० प्रतिशत, आव ०७२।०७३ मा कुल २७.३७ प्रतिशत, आव ०६९।७० र आव ०७६।०७७ मा २० प्रतिशतका दरले तथा आव ०७५।०७६ र ०७३।०७४ मा २१ दशमलव ०५ प्रतिशतका दरले लाभांश वितरण गरेको थियो ।