नाडा अटो शो २०२३ का विशेष तस्वीरहरु यस्ता छन्

२८ भाद्र २०८०, बिहीबार १८:१३

काठमाडौं । नाडा अटो शो २०२३ सुरू भएको आज तेस्रो दिन पुगेको छ । सार्वजनिक विदा तथा अटो शोमा अवलोकनकर्ताको बाक्लो उपस्थिती रहेको छ ।

भदौ २६ गते सुरू भएको नाडा अटो शो २०२३ आगामी भदौ ३१ गतेसम्म सञ्चालन हुनेछ । भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना भइरहेको उक्त प्रदर्शनीको शीर्ष प्रायोजक टाटा मोटर्स जेनुइन आयल रहेको छ भने सह–प्रायोजकमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ ।

प्रदर्शनीमा ठूला तथा साना गरी करिब १२० वटा स्टल र ब्लकहरू छन्। उक्त प्रर्दशनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्राण्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्ट–पूर्जाका साथै राष्ट्रिय ब्राण्डका अटो सामग्री उत्पादक एवम् वस्तु तथा सेवा प्रदायकहरूको सहभागिता समेत छ ।

कम्पनीहरूले नाडा अटो शोमा नयाँ मोडलका गाडीहरू समेत सार्वजनिक गरिरहेका छन् । पछिल्लो समय विद्युतिय सवारी साधन आम जनताको रोजाईमा बढी परिरहेका छन् ।

तस्वीरहरुः

तस्वीरः राजन कठायत, रोशन खत्री

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*