सिटिजन लाइफको आईपीओ बाँडफाँड सम्पन्न, ५ लाख बढीको हात खाली
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ बाँडफाँड सम्पन्न भएको छ । आज धितोपत्र निश्कासन तथा बिक्री प्रवन्धक एनआईएमबि एस क्यापिटल लिमिटेडको आफ्नै भवन लाजिम्पाट काठमाडौंमा सम्पन्न भएको हो ।
कम्पनीले जारी अंकित मूल्य १ अर्ब १२ करोड ५० लाख बराबरको सर्वसाधारण समूहको सेयर प्राथमिक सार्वजनिक निश्कासन गरेको मध्ये ५ प्रतिशत९५,६२,५०० कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत ५,६२,५०० कित्तासामूहिक लगानी कोषको लागि सुरक्षित गरी बाँकी १ करोड १ लाख २५ हजार कित्ता सर्वसाधारणका लागि जारी गरेको थियो ।
आईपीओमा कुल १४ लाख १३ हजार १५८ आवेदकबाट माग भएको १ करोड ५६ लाख ६ हजार ८२० कित्ता प्रमाणीकरण भएको छ। जसमा १४ लाख ७ हजार २३७ आवदेकबाट परेको १ करोड ५५ लाख २२ हजार ३७० कित्ता सदर भएको छ भने ५ हजार ९२१ आवेदकबाट परेको ८४ हजार ४५३ कित्ता बदर भएको कम्पनीले जनाएकोछ ।
कम्पनीको आइपीओमा भाग्यमानी ९ लाख आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्। यो हिसाबले सदर आवेदकमध्ये ५ लाख ७ हजार २३७ आवेदकको खाली भएको छ।