प्रोग्रेशिभ फाइनान्सको संस्थापक शेयर बिक्रीमा
२८ भाद्र २०८०, बिहीबार १०:५९
काठमाडौं । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । फाइनान्सले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको हो ।
फाइानान्सले केही संस्थापक शेयरधनीहरुको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले सूचना प्रकाशित मितिले ३५ दिन भित्र आफुले खरिद गर्न चाहेको शेयर उल्लेख गरी कर्पोरेट कार्यालय तिनकुने, काठमाडौंमा आवेदन दिन सक्नेछन् ।
तोकिएको समयभित्र शेयर खरिद सम्बन्धि कुनै पनि आवेदन नपरेको खण्डमा उक्त शेयर अन्य संस्था तथा सक्षम व्यक्तिलाई बिक्री प्रक्रिया अगाडी बढाइने संस्थाले जनाएको छ ।