सुवास नेम्वाङको शरीरको पोष्टमार्टम गर्न चिकित्सकको सुझाव, यस्तो छ कारण
काठमाडौं । नेपालका राजनीतिज्ञहरुको रहस्यात्मक निधनबारे पटक पटक चर्चा, बहस त हुन्छ तर यसको गहिरो अनुसन्धान कहिल्यै पनि हुँदैन । चाहे त्यो वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाश दाहालको हकमा होस् वा पूर्व प्रधानमन्त्री सुशिल कोइरालाकै केसमा किन नहोस्, जनताले पोष्टमार्टम र भिसेचार परिक्षण नगरेको आरोप लगाएका थिए । विशिष्ट व्यक्तिहरुको अचानक निधनपछि आफन्तले स्वाभाविक मृत्यु ठानेर खुरुखुरु शव अन्त्यष्टी गर्दै आएका छन् ।
यस पटक मध्यराति आफ्नै घरमा सिकित्त भई अस्पताल लैजादै गर्दा बाटोमा नै निधन भएको भनिएका (मिडियामा आएको) एमाले नेता तथा संविधानसभाका अध्यक्ष तथा संसदका सभामुख सुवास नेम्वाङको निधनबारे पनि जनताको मनमा प्रश्न उब्जिएको छ । प्रश्न मात्रै उठेको छैन मेडिकल क्षेत्रबाट सुवास नेम्वाङको पोष्टमार्टम गर्नुपर्ने माग समेत उठेको छ । यसको अर्थ उहाँको निधन पनि यसअघिका विशिष्त व्यक्तिको झै शंकारहित हुन सकेन । नेपालमा धेरै मानिसहरुको निधन अस्पताल लैजादा लैजाँदै बाटोमा नै हुने अनि हृदयघात भएको भन्दै मृत्युको कारण नखोजी अन्त्यष्टी गर्ने प्रचलन बढिरहेकोमा चिकित्सकहरुले नै चिन्ता व्यक्त गर्न थालेका छन् ।
हो, एमालेजन र नेपालको राजनीति, शान्ति प्रक्रियालाई नजिकबाट चिनेकाहरु चिर निद्रामा रहेका सुवास नेम्वाङको निधनमा शोकमा छन् । सबै स्तब्ध छन् । बाहिर सार्वजनिक भएको घटनाक्रम, अन्तिम अवस्थामा अस्पताल पुर्याइएको शिक्षण अस्पतालले जारी गरेको बिज्ञप्तिले एमाले नेता सुवास नेम्वाङलाई अस्पताल पुर्याउँदा आखा सुन्निएको अवस्थामा थियो । शिक्षण अस्पतालका चिकित्सक डा. सन्त कुमार दासले जारी गरेको बिज्ञप्तिमा भदौं २६ गते विहान १ः५० बजे अस्पताल आईपुग्दा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको शरीरमा जीवन सम्बन्धी कुन चाल नभएको र आँखाको नानी फुलिसकेको अवस्थामा आइपुगेको उल्लेख गरेका छन् ।
विज्ञानको भाषमा जीवन सम्बन्धी कुनै चाल नहुनु र आँखाको नानी फुलिसक्नुको अर्थ निधन भएको केही घण्टा बितिसकेको भन्ने अर्थ लाग्ने चिकित्सकहरुको भनाई छ ।
सञ्चार माध्यमहरुमा नेम्वाङको निधन हृदयघातबाट भएको अस्पतालाई उध्रित गर्दै लेखिएको समाचारमा उल्लेख छ । तर, अस्पतालले जारी गरेको बिज्ञप्तिमा हृदयघातबारे कही कतै उल्लेख छैन । बरु आँखाको नानी फुलिसकेको अवस्थामा अस्पताल आइपुगेको उल्लेख छ । सेतोपाटी, हिमाल खवरसहितका सबै सञ्चार माध्यमहरुले हृदयघात भएको उल्लेख छ । अनलाईन खवरले शौचालयमा बेहोस अवस्थामा भेटिएको उल्लेख छ ।
यसैबीच, केही चिकित्सकहरुले सधैं हृदयघात भएको भनेर मेडिकल साइन्सले प्रमाणित नगरी अर्थ लगाउन नमिल्ने र पोष्टमार्टम गरेर जनतालाई सही सूचना दिनुपर्ने माग गरेका छन् । एक जना चिकित्सक यज्ञ पोखरेलले सुवास नेम्वाङको नाम उल्लेख नगरी हृदयघात भनेर दिग्भ्रमित पार्नुभन्दा पोष्टमार्टम गर्नुपर्ने सुझाव दिएका छन् ।