योजना आयोग उपाध्यक्ष र अस्ट्रेलियन राजदूतबीच भेटवार्ता

२७ भाद्र २०८०, बुधबार १७:०८

काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठ र नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कबीच शिष्टाचार भेटवार्ता भएको छ ।सिंहदरबारस्थित राष्ट्रिय योजना आयोगको कार्यालयमा बुधबार आयोग उपाध्यक्ष श्रेष्ठसँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेकी हुन् ।

भेटमा दुई देशबीच सम्बन्ध तथा आपसी हितका विषयमा छलफल भएको छ। राजदूत भोल्कले जलवायु परिवर्तन, लैंगिक समानता, पिछडिएका वर्गहरुको उत्थानका साथै नेपालको पर्यटन क्षेत्रको विकासका लागि अस्ट्रेलियाले काम गरिरहेको र आगामी दिनमा पनि निरन्तर हुने बताइन् ।

नेपाली विद्यार्थीका लागि अस्ट्रेलिया एक शैक्षिक गन्तव्य हो। नेपाली विद्यार्थीको शिक्षा र सुरक्षाका लागि पनि अस्ट्रेलियाले काम गरिरहेको उनले बताइन् ।

उपाध्यक्ष श्रेष्ठले अस्ट्रेलियाले नेपालका लागि सामाजिक र आर्थिक विकासमा गर्दै आएको सहयोग र सहकार्यका लागि धन्यवाद दिँदै आगामी दिनमा पनि निरन्तर सहकार्य हुने बताए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*