विद्यालय तहको अन्तिम परीक्षा कक्षा १२ को हुने

२७ भाद्र २०८०, बुधबार १५:५६

काठमाडौं । सरकारले माध्यमिक शिक्षा परीक्षा (एसईई) नगर्ने गरी विधेयक संसदमा दर्ता गरेको छ ।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार संसदमा दर्ता गरेको विधेयकमा विद्यालय तहको कक्षा ८ को स्थानीय तहले र माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भनेको छ ।

शिक्षा मन्त्रालयका अनुसार कक्षा १० को परीक्षा विद्यालयले नै लिने र एसईई नरहने भन्ने छ । १० को परीक्षा विद्यालयले लिने, ८ को स्थानीय तहले र १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले गर्ने भएको छ ।

यो विधेयक संसदबाट पारित भएमा ११९० सालदेखि हुँदै आएको एसएलसी एसईई हुने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*