थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट, अन्य कुनको कति ?
२७ भाद्र २०८०, बुधबार १५:२९
काठमाडौं । साता कारोबारको चौथों दिन अर्थात बुधबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजारमा आज फेरी हरियाली छाएको छ ।
बुधबार शेयर बजार ३९ दशमलव ४८ को अंकले बढेर २००७ दशमलव ६ को विन्दुमा कायम भएको छ । आज थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सर्वाधिक गिरावट आएको छ । आज कम्पनीको शेयरमूल्य ८ प्रतिशत अर्थात प्रतिकित्ता २७ रुपैयाँले घटेको छ ।
त्यस्तै, सिटिजन म्युचअल फण्डको ३.८० प्रतिशत, स्वाभिमान लघुवित्तको ३.२१ प्रतिशत, नेपाल एसबिआई बैंकको डिभेन्चर २०८३ को ३.१२ प्रतिशत र ग्लोबल आइएमई ब्यालेन्स्ड फण्डको १.७१ प्रतिशतले शेयरमूल्य घटेको छ ।