दुई लघुबीमा कम्पनीमा सिईओ नियुक्त गर्न बीमा प्राधिकरणको अनुमति, लिबर्टीमा यादव र स्टार माइक्रो इन्स्योरेन्समा तिमिला नियुक्त हुँदै

२७ भाद्र २०८०, बुधबार १५:०५

काठमाडौं । नेपाल बीमा प्राधिकरणले दुई लघुबीमा कम्पनीका सिईओ नियुक्ती सम्बन्धी फाइल सदर गरेको छ । जस अनुसार लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीको सिईओ राम कुमार यादव र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीमा विश्वराम तिमिला नियुक्त गर्न स्वीकृति प्रदान गरेको हो ।

आज दुवै बीमा कम्पनीहरुका सिईओहरुको स्वीकृति प्रदान गरिएको प्राधिकरणले जनाएको छ । यद्यपि दुवै कम्पनीले औपचारिक रुपमा कारोबार सुरु गरिसकेका छैनन् । समयमा चुक्ता पुँजी जम्मा नगरेको लगायतका कारणबाट उनीहरुको ढिलाई भएको हो । सँगै लाइसेन्स पाएका लघुबीमा कम्पनीहरुले गत असारबाटै कारोबार सुरु गरेको भएपनि अन्य तीन कम्पनीहरुको ढिलाई भइएको हो ।

यादव पुराना बीमा प्रशासक हुन् । मेट लाइफ इन्स्योरेन्समा लामो समय काम गरेका यादव बीमा क्षेत्रका पुराना व्यक्ति हुन् । त्यस्तै, विश्वराम तिमिला पनि बीमा क्षेत्रमा नयाँ नाम भने होइन । उनी पछिल्लो पटक प्रिमियर इन्स्योरेन्स कम्पनीमा सिईओ पदमा कार्यरत थिए । तिमिला औषत व्यवसाय गर्ने बीमा क्षेत्रमा लामो समय काम गरेका व्यक्ति हुन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*