गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको तीन दिने बीमा अभिकर्ता तालिम सम्पन्न
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले तीन दिने बीमा अभिकर्ताहरुलाई तालिम सम्पन्न भएको छ । भदौ २४ गतदेखि सुरु भएको कार्यक्रम २६ गते सम्पन्न भएको कम्पनीले जनाएको छ ।
कम्पनीले धनकुटा शाखा कार्यालयमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको थियो । कम्पनीको धनकुटा शाखामा आयोजना गरेको सो कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको थियो ।
तीन दिने प्रशिक्षण कार्यक्रम कम्पनीका कोशी प्रदेश प्रमुख महेश निरौलाले दिएका थिए । कार्यक्रमले अभिकर्ताको क्षमता विकास तथा व्यवसाय विस्तारमा टेवा पुग्ने कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन सिजना भुजेलले गरेका थिए ।
कार्यक्रममा सहभागीहरुले तीन दिने कार्यक्रम उपब्धिमूलक रहेको बताएका थिए । देशका विभिन्न स्थानमा आफ्नो व्यवसाय विस्तार तथा बीमा अभिकर्ताहरुलाई तालिम सञ्चालन गर्दै आईरहेको छ।