सामलिङ पावरसहित यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
२६ भाद्र २०८०, मंगलवार १५:०६
काठमाडौं । कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा सामान्य गिरावट आएको छ । कारोबारको अघिल्लो दिन उच्च अंकले बृद्धि भएको शेयर बजार आज १९ दशमलव ४२ अंकले घटेर १९६७ दशमलव ५७ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा गिरावट आएसँगै सामलिङ पावर कम्पनीको ७ दशमलव ५८ प्रतिशतले सर्वाधिक शेयरमूल्य बृद्धि भएको छ । यसका साथै, आज शुभम पावरको ५.८६ प्रतिशत, अप्पर स्याङ्गे हाइड्रोपावरको ५.४१ प्रतिशत, अरुण काबेली पावरको ४.०३ प्रतिशत, दोल्ती पावर कम्पनीको ३.९५ प्रतिशतले शेयरमूल्य बढेको छ ।