४१ प्रतिशत लाभांश दिने क्षमता भएको एभरेष्ट बैंकमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण
काठमाडौं । एभरेष्ट बैकले लाभांश घोषणा गर्ने अन्तिम तयारी गरेको बेला बैंकको शेयरमा लगानीकर्ताहरु झुम्मिन थालेका छन् ।
केन्द्रिय बैंकले एभरेष्ट बैंकलाई गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्न स्वीकृती प्रदान दिएको खबर बाहिरिएसँगै यी दुई बैकलाई राष्ट्र बैंकले लाभांश घोषणा गर्ने गरि स्वीकृती प्रदान गरेको खबरले बैंकको शेयरमा लगानीकर्ताको आकर्षण बढेको देखिन्छ ।
बैंकको शेयरमा लगानीकर्ताहरुको आकर्षण आज कारोबार सुचारु भएदेखि नै रहेको थियो ।
बैंंकहरुले प्रकाशित गरेको गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको वित्तीय विवरणको आधारमा एभरेष्ट बैंकको सबैभन्दा बढी लाभांश बाँड्न सक्ने क्षमता रहेको छ । यस अवधिमा बैंकले ४१ प्रतिशतसम्म लाभांश वितरण गर्नसक्ने देखिएको छ ।
त्यस्तै, वाणिज्य बैंकहरुमध्ये एनआईसी एशिया बैंकले ३१.९९ प्रतिशतसम्म लाभांश बाड्न सक्ने वित्तीय विवरणले देखाएको छ ।