आगामी १० वर्ष निर्जीवन पुनर्बीमाको अन्तर्राष्ट्रिय व्यवसाय ५.४ प्रतिशतले बृद्धि हुने प्रक्षेपण

२५ भाद्र २०८०, सोमबार २१:१८

काठमाडौं । स्वीस रिले निर्जीवन पुनर्बीमा व्यवसायको अन्तर्राष्ट्रिय हिस्सा बार्षिक ५.४ प्रतिशतले बृद्धि हुने जनाएको छ । यस्तो बृद्धि आगामी १० वर्ष अर्थात सन् २०३२ सम्म रहने स्वीस रिले गरेको अध्ययनले जनाएको छ ।

स्वीस रिले आज पत्रकार सम्मेलन आयोजना गरी जोखिमबारे जनतामा बृद्धि हुने सचेतना, बढ्दो आर्थिक संकट र जोखिम व्यवस्थापनका कारण निर्जीवन बीमाको पुनर्बीमाको हिस्सा आगामी दिनमा जिडिपीको अनुपातमा अझै बृद्धि हुने अनुमान सार्वजनिक गरेको हो ।

पत्रकार सम्मेलनमा स्वीस रिको तर्फबाट सम्पत्ती तथा भैपरी आउने पुनर्बीमा प्रमुख कार्यकारी अधिकृत उर्स बाख्त्श, पुनर्बीमा अण्डरराइटिङ्ग प्रमख कार्यकारी अधिकृत जियनफ्रान्को लट, विश्वश्वापी ग्राहक समस्या समाधान सम्बन्धी कार्यकारी प्रमुख मोसेस ओजिसेखोबाले जिज्ञाशाहरुको सम्वोधन गरेको थिए ।

स्वीस रिले साईबर बीमा सम्बन्धी कार्यक्रम विश्वव्यापी रुपमा अघि बढाउने दृढता व्यक्त गरेको छ । पत्रकार सम्मेलनमा जियान फ्रान्टको लटले साईबर इन्स्योरेन्स आगामी दशक युरोपभरि फैलने प्रक्षेपण आफूहरुको अनुसन्धानले देखाएको जनाएका छन् । नेपाल जस्ता विकाससिल र गरिब देशमा साईबर बीमाको पहुँच बृद्धि गर्नु जरुरी रहेको र त्यसको लागि कम्पनीले विश्वभर नै साईबर बीमाको पहुँच बृद्धिका लागि काम गरिरहेको बताए ।

स्वीस रिले विश्वको निर्जीवन बीमा सम्बन्धी समस्या, त्यसको भविष्य, आगामी सन् २०२४ मा हुने नविकरणीय बीमा सम्बन्धी सरोकारवालाबारेको विवरण सम्वोधन गरेको हो ।

उक्त सम्वोधन कार्यक्रममा निर्जीवन पुनर्बीमामा आशालाग्दो बजार वृद्धि, आउदो दशकमा कूल ग्राहस्थ उत्पादन भन्दा माथि पु¥याउने लक्ष्य, नयाँ जोखिममा निरन्तर सहभागिता प्रतिवद्धता, प्रर्याप्त रुपमा पुनर्बीमकमा क्षमताको विकास, प्रर्याप्त बीमाको जोखिम उठानको आवश्यकता, प्राकृतिक जोखिम पुनःसन्तुलन विच बीमाको निर्यात क्षमता, जोखिम बाँडफाँड आदिका विषयमा सम्वोधन गरेका थिए ।
पत्रकार सम्मेलनमा जोखिम उठान, चेतना अभिवृद्धि, स्वीस रिको महत्व र बढ्दो लोकप्रियता, विकसित अण्डर राइटीङ्ग तथ्याङ्कीय प्रणालीको विकास, प्रविधिमा आधारित जोखिम विश्लेषण, बीमाको मूल्य श्रृङ्खलाको लागि दिगो पुनर्बीमाको बजार, लगायतको विषयमा सम्वोधन गरेका थिए ।

कार्यक्रममा बीमाको दीगो विकास लक्ष्यका लागि काम गरिने स्वीस रिले जनाएको छ । बीमा क्षेत्रको बढ्दो सम्भावनाका बीचमा नयाँ जोखिमहरु पनि उदाउँदो रुपमा रहेकोले नयाँ प्रविधिमार्फत पुनर्बीमालाई अझै विश्वसनीय बनाउने जनाएको छ ।

स्वीस रिले विश्वव्यापी आर्थिक मन्दीका बीचमा विश्वभरकै बीमा कम्पनीहरु बलियो अवस्थामा रहेको र पुनर्बीमा कम्पनीहरुको विशाल कोषमार्फत जोखिम बहन गर्न समक्ष रहेको भन्दै बीमा र पुनर्बीमाको भविष्य र महत्व अझै बढेको जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*