नेपाली बजारमा बिवाइडीको ‘फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक

२५ भाद्र २०८०, सोमबार १७:५६

काठमाडौं । नेपालका लागि बिवाइडी अटो इन्डस्ट्रीको आधिकारिक आयातकर्ता एवम् वितरक साइमेक्स इंकले बजारमा नयाँ विद्युतीय गाडी सार्वजनिक गरेको छ । कम्पनीले सोमबार एक कार्यक्रममार्फत ’फ्यूचरिस्टिक बिवाइडी डल्फिन’ सार्वजनिक गरेको हो ।

कम्पनीले बिवाइडीको यो फ्यूचरिस्टिक डल्फिनको सुरुआती मूल्य ३९ लाख ८० हजार तोकेको छ । बिवाइडी डल्फिन नेपाली बजारको बहुप्रतिक्षित ह्याचब्याग सेगमेन्टको विद्युतीय गाडी हो। यो ह्याचब्याग बिवाइडीको ओसियन सिरिज ( महासागर श्रृंखला) को पहिलो गाडी हो ।

बिवाइडी डल्फिनमा ४४.९ किलोवाट आवरको ब्लेड ब्याट्री दिइएको छ । यसले ७ किलोवाटको चार्जर समर्थन गर्छ। गाडीलाई एक पटक पूरा चार्ज गर्दा ३४० किलोमिटरसम्म रेन्ज दिन्छ । बिवाइडी डल्फिनको शुभारम्भले नेपालमा नयाँ ऊर्जा यात्रुवाहक सवारी साधन व्यवसायको क्षेत्रमा कोशेढुंगा सावित भएको छ ।

बिवाइडी डल्फिन अत्याधुनिक बिवाइडी ई–प्लेटफर्म ३.० मा उत्पादन गरिएको छ। यो सेल–टू–प्याक (सिटिपी) प्रविधिमा आधारित छ। अर्थात् यसको ब्याट्री गाडीको बडीमै एकीकृत गरी तयार पारिएको छ, जसमा ब्लेड ब्याट्री र ट्रे समावेश गरी एक ’स्यान्डविच’ जस्तो संरचना बनेको छ। यस प्रकारको प्रविधिले ब्याट्री प्याक भोल्युमलाई कम गर्दै क्याबिन स्पेस खुला गर्छ । यो प्लेटफर्मले बौद्धिकता, दक्षता, सुरक्षा, र सौन्दर्यशास्त्रमा क्यापिटलाइज गरेको छ यो पूर्ण रूपमा विद्युतीय हो । कम्पनीले यो गाडी निर्माणमा कुनै पनि कमि छाडेको छैन । विभिन्न विशेषतासँगै सुरक्षाको हिसाबले पनि कम्पनीले डल्फिन उत्पादनमा उत्तिकै प्राथमिकता दिएको छ ।

यो ह्याचब्यागमा २,७०० एमएम हिवलबेस प्रदान गरिएको छ । यसमा निकै आरामदायी र फराकिलो क्याबिन स्पेस पाउन सकिन्छ। यसबाहेक गाडीमा उच्च डिजाइन र प्रविधि सहितको एकीकृत ८ –इन– १ इलेक्ट्रिक ड्राइभ प्रणाली पाउन सकिन्छ। यसले गाडी चालकको कार्यसम्पादनमा धेरै सुधार गर्छ । साथै, सुरक्षाको हिसामा पनि थप बलियो पार्न मद्दत गर्छ । कम्पनीले बिवाइडी डल्फिन चलाउने चालकलाई सहज हुने ढंगले प्रविधि र प्रणाली सुजज्जित गरेको छ । यसबाहेक बिवाइडी चालक र यात्रु सुरक्षालाई लिएर निकै संवेदनशील र सतर्क छ ।

बिवाइडीको विद्युतीय नयाँ फ्यूचरिस्टिक डल्फिनमा चालक र यात्रु सुरक्षाको लागि ६ वटा एयरब्याग दिइएको छ । यसबाहेक फर्वार्ड कोलिजन वार्निङ, ट्र्याक्सन कन्ट्रोल प्रणाली, अटो होल्ड, एडेप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ प्रविधि, लेन डिपार्चर वार्निङ, लेन किपिङ सपोर्ट जस्ता विशेषता दिइएको छ । यसबाहेक यसमा रिअर कोलिसन वार्निङ, ब्लाइन्ड स्पट डिटेक्सन, रिअर क्रस ट्राफिङ अलर्ट र ३६० मोनिटर भ्यू जस्ता फिचरहरू पनि समावेश गरिएको छ। यी फिचरहरूले गाडी चालकलाई सतर्क र उत्तरदायित्व बनाउनका साथै समग्र सुरक्षालाई बढावा दिन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*