टेलिकमद्वारा ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन

२५ भाद्र २०८०, सोमबार १६:५६

काठमाडौं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज भदौ २४ देखि प्रारम्भ भएको छ र आगामी असोज ७ गते सम्म सहभागी हुन सकिने टेलिकमले जनाएको छ ।

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५ सयको टप अप प्रदान गरिने छ ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिन समेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*