दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
२५ भाद्र २०८०, सोमबार १५:४२
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार उच्च अंकले बढेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले बृद्धि भएको शेयर बजार आज ४४ अंकले बढेर १९८६ को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा हरियाली छाएसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज थ्री स्टार हाइड्रोपावर र मेन्छियाम हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, सोमबार मोलुङ हाइड्रोपावरको ९.८७ प्रतिशत, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको ९.८५ प्रतिशत, प्रोग्रेशिफ फाइनान्सको ८.६५ प्रतिशत लगायत अन्यसहित २१२ कम्पनीको शेयरमूल्य बढेको छ ।