भ्रष्टाचार र सेटिङमा माहिर कृष्णहरि पुस्कर अर्थ मन्त्रालयमा सरुवा हुन सेटिङ गर्दै
काठमाडौं । निजामति कर्मचारी जीवनमा भ्रष्टाचारजन्य निर्णय र सेटिङ हान्न माहिर सचिव कृष्णहरि पुस्कर पुनः अर्थसचिव बनेर प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्रालयमा सरुवा हुन चाँजोपाँजो मिलाइरहेका छन् । यसअघि अर्थमन्त्रालयमा हुँदा तत्कालिन अर्थमन्त्री जनार्दन शर्मालाई समेत बद्नाम हुने गरी डुबाएका उनै कृष्णहरि पुस्कर भारतीय सेटिङ मिलाएर अर्थमन्त्रलाय फर्कने तयारी गरिरहेका छन् ।
२०७९।०८० बजेट सार्वजनिक गर्दा तत्कालिन अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणको अघिल्लो मध्यराती नासु रघुनाथ घिमिरेलाई मन्त्रालयमा घुसाएर करका दर हेरफेर गरेपछि उत्पन्न विवादका कारण तत्कालीन अर्थ सचिव मधु मरासिनी सरुवा भएपछि अर्थमन्त्रालयमै राजश्व सचिवको रुपमा कार्यरत कृष्णहरि पुस्कर अर्थसचिवमा सरुवा भएका थिए । उनको कार्यकाल पनि विवादरहित हुन सकेको थिएन । व्यापारिक समूह र एजेन्ट अनि बिचौलियाले उपहार दिने वित्तिकै जस्तोसुकै नीतिगत निर्णय गर्ने भनेर अर्थमन्त्रालयमा उतिबेला पुस्करको निकै ठूलो बद्नाम भएको थियो ।
सामान्य प्रशासन मन्त्रालयमा कार्यरत रहँदा पुस्करले कर्मचारी सरुवामा निकै ठूलो बदमासी गरेका थिए । जसका कारण तत्कालिन सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले सरुवा गर्न कसरत गरेका थिए । तर, भारतीय दुताबासको पावरसहित काम गरिरहेका पुस्करलाई हटाउन उनले सकेका थिएनन् । यस पटक पनि पुस्करले भारतीय दुतासबासकै सेटिङ र माफियासँगको मिलेमतोमा पुनः अर्थमन्त्रालय फर्कने तयारी अन्तिम चरणमा पुगेको बताइन्छ । यसअघि पनि भारतीय दुताबासकै पावरमा अर्थमन्त्रालय सरुवा हुन लागेका पुस्करबारे बीमापोष्टले समाचार प्रकाशित गरेपछि रोकिएको थियो ।
स्मरणरहोस्, प्रधानमन्त्री प्रचण्ड विदेशीको पावर लगाउने र दलाल माफियाको पक्षमा काम गर्ने कुनै पनि सरकारी कर्मचारीहरुलाई महत्वपूर्ण जिम्मेवारी दिने पक्षमा छैनन् । भ्रष्टाचारको अन्त्य र सुशासनको पक्षमा उभिएका प्रधानमन्त्री प्रचण्ड पुस्करजस्तै सेटिङवाला कर्मचारीहरुका कारण सास्ती र हैरानी व्यहोर्दै आएका छन् ।
One thought on “भ्रष्टाचार र सेटिङमा माहिर कृष्णहरि पुस्कर अर्थ मन्त्रालयमा सरुवा हुन सेटिङ गर्दै”