सूर्योदय वोमी लघुवित्तले एफपीओ निष्काशन गर्ने, बोर्डसँग माग्यो अनुमति

२५ भाद्र २०८०, सोमबार १२:१९

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक निष्कासन (एफपीओ) निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा संस्थाले निवदेन दिँदै एफपीओ ल्याउने अनुमति मागेको हो ।

कम्पनीले बोर्डबाट अनुमति पाएमा अंकित मूल्य १ सय रुपैयाँका दरले ४६ हजार ७३० कित्ता बराबरको ४६ लाख ७२ हजार रुपैयाँको एफपीओ शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले एफपीओ बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*