बलेफी हाइड्रोपावरद्वारा वार्षिक साधारण सभा आह्वान, यस्ता छन् प्रस्ताव
काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ ।
कम्पनीको भदौ २४ गते बसेको सञ्चालक समितिको निर्णयले साधारण सभा असोज १८ गते, आम्रपालि ब्याङ्क्वेट, नक्साल, काठमाडौँमा आह्वान गरेको हो । कम्पनीको दशौँ र एघारौँ वार्षिक साधारण सभा बिहान साढे ११ बजे शुरु हुनेछ ।
सभाले १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीको पूँजी वृद्धि गर्ने, ठेगाना परिवर्तन गर्ने, कर्जा सीमा वृद्धि स्वीकृत गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालक समितिको पुर्नगठन तथा सर्वसाधारण र स्वतन्त्र सञ्चालकको नियुक्त गर्ने सम्बन्धि प्रस्ताव पनि परित गर्नेछ ।
साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज ५ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । यस अनुसार असोज ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।