खानीखोला हाइड्रोपावरले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने
२५ भाद्र २०८०, सोमबार १०:११
काठमाडौं । खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्न लागेको हो ।
बैंक ऋण भुक्तानी गर्नका लागि हकप्रद शेयर निष्काशन गर्न लागेको कम्पनीले बताएको छ । विद्युत नियमन आयोगबाट सहमति लिई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात हकप्रद शेयर निष्काशन गर्नेछ ।
khanikhola 11