चार कम्पनीले हकप्रद शेयर जारी गर्न बोर्डमा दियो आवेदन, कुनले कति ?
२४ भाद्र २०८०, आईतवार १८:४१
काठमाडौं । नेपाल धितोपत्र बोर्डमा चार जलविद्युत कम्पनीहरुले अनुमति मागेका छन्। आँखुखोला जलविद्युत लिबर्टी इनर्जी, ङादी ग्रुप पावर र बरुण हाइड्रोपावर कम्पनीले बोर्डमा हकप्रद शेयरको लागि आवेदन माग गरेको हो ।
आँखुखेला जलविद्युतले चुक्तापुँजीको १ः१।५ अनुपातमा अर्थात १५० प्रतिशत हकप्रद सेयर निष्कासनको अनुमति मागेको छ।
यसैगरी बरुण हाइड्रोपावर र ङादी पावरले चुक्तापुँजीको १ः१ अर्थात १०० प्रतिशत हकप्रदको प्रक्रिया अगाडि बढाएका छन्। सेबोनले अनुमति दिएमा बरुण हाइड्रोपावरले
लिबर्टी इनर्जीले भने चुक्तापुँजी ५० प्रतिशत अर्थात १ः०।५ अनुपातमा हकप्रद निष्कासनको अनुमति मागेको छ।