ब्रोकर कमिशन घटाउने तयारीमा धितोपत्र बोर्ड,कति निधारण हुँदैछ ?

२४ भाद्र २०८०, आईतवार १७:२४

काठमाडौं । नेपाल धितोपत्र बोर्ड ब्रोकर कमिशन घटाउने अन्तिम निर्णयमा पुगेको छ । बोर्ड अध्यक्ष हमालले शुक्रबार धितोपत्र दलाल व्यवसायी र सेयर लगानीकर्ताको विभिन्न संघ संगठनसँग छुट्टाछुट्टै छलफल गरेर सुझाव लिईसकेको छ ।

बोर्डले यसअघि २०७७ पुस १० गते संगठित संस्थाको सेयरको प्रत्येक खरिद तथा बिक्रीमा लिने ब्रोकर कमशिन घटाएर माथिल्लो सीमा ०.४० प्रतिशत र तल्लो सीमा ०.२७ प्रतिशत कायम गरेको थियो ।अब यसअघि रहेको ०.४० प्रतिशतको माथिल्लो सीमालाई ०.३० प्रतिशत कायम गर्ने र ०.२७ प्रतिशत रहेको तल्लो सीमालाई घटाएर ०.२५ प्रतिशत कायम गर्ने बोर्डको तयारी रहेको सोतले जनाएको छ ।

‘धितोपत्र बोर्डले ब्रोकर कमिशन घटाउने हो भने, बोर्ड, नेप्से, सिडिएससीले लिने कमिशन घटाउने हो भने बोर्डले प्रस्ताव गरेको कमिशन स्वीकार्न सकिन्छ’ एक ब्रोकरले भने, ‘ब्रोकर कम्पनीको मात्रै कमिशन घटाउँदा त्यो न्याय संगत हुँदैन ।

सबैले पाउने कमिशन घटाउनुपर्छ। ब्रोकरको कमिशन घटाएर नियामक निकाय मोटाउने काम गर्नु भएन । त्यसो भयो भने समस्या हुन्छ, हामी मान्न तयार छैनौं।’

अहिले धेरै ब्रोकर कम्पनी कमिशनबाट मात्रै नै चल्दा नोक्सानमा रहेको ती ब्रोकरको भनाइ छ । ब्रोकर कमिशन घटाउने नाममा ब्रोकर बन्द हुने अवस्था आउनु भएन ।  ब्रोकरमा २० करोड लगानी छ । त्यसको प्रतिफल सबैले खोज्छन्, अहिले सबैको खर्च बढेको छ । ब्रोकरले धेरै कमाउनुपर्छ भनेको होइन । तर, नोक्सानमा जान दिनु हुँदैन ।’

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*