भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई धरौटीमा छाड्न अदालतको आदेश
२४ भाद्र २०८०, आईतवार १६:३०
काठमाडौं । जिल्ला अदालत काठमाडौँले ललिता निवास प्रकरणमा भाटभटेनी सुपरमार्केटका सञ्चालक मीन बहादुर गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
जिल्ला अदालत काठमाडौँमा न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार सो आदेश दिएको हो । उनलाइ ललिता निवास जग्गा प्रकरणमा प्रहरीले समातेको थियो।