नेप्से १० अंकले बढ्यो, हाईड्रोपावरबाहेक सबै उपसूचकमा हरीयाली
२४ भाद्र २०८०, आईतवार १५:१८
काठमाडौं । सरकारले स्थानीय तहको ६० प्रतिशत रकमलाई आजदेखि निक्षेपमा गणना गर्न दिने व्यवस्था लागू गर्र्ने भएसँगै शेयर बजारमा सुधार देखिएको छ ।नेप्से १०।२३ अंकले बढ्दा १९४२।६८ को विन्दुमा कायम भएको छ ।
२७६ सूचीकृत कम्पनीको ४३ लाख १४ हजार ४ सय १७ कित्ता शेयर खरिदबिक्रि हुँदा १ अर्ब रुपैयाँ बराबरको शेयर कारोबार भएकोछ ।
आज हाईड्रोपावरबाहेक सबै उपसूचकमा हरीयाली छाएको छ ।आज टेडिङ्गको उपसूचक सबैभन्दा धेरैले बढेको छ