पारामाउन्ट मोटर्सको एमजि कमेट इभि र एमजि ४ इभि नेपाली बजारमा उपलब्ध, यस्ता छन् फिचर

२४ भाद्र २०८०, आईतवार १३:४२

काठमाडौं । एमजि गाडीको लागि नेपालको आधिकारिक वितरक एवम आयातकर्ता पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजि कमेट इभि र एमजि ४ इभि सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो विद्युतीय सवारी साधनहरुको भीडमा कम्पनीले दुई मोडलका सवारी सार्वजनिक गरेको हो ।

लन्चमा बोल्दै पारामाउन्ट मोटर्सका जेनेरल म्यानेजर सचिन अर्यालले भने ‘नेपाली बजारमा यी दुई विद्युतीय सवारी भिर्त्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौं । स्टाइलिस, प्राक्टिकल र आफ्नो बजेटमा गाडी किन्न चाहने ग्राहकवर्गका लागि यी दुई मोडलहरु अत्यन्तै उपयुक्त हुन्छन् ।’

एमजि कमेट इभि भारतमा बनेको आकर्षक मुल्यको विद्युतीय गाडी हो जसले सिङ्गल चार्जमा २३० किलो मिटरको रेन्ज दिन्छ । यसमा १७३ केडब्लुएचको ब्याट्रि र ३१.२६ केडब्लु को मोटर रहेको छ । एमजि कमेट इभिमा यात्रुहरुको सुरक्षाको लागि रेटेड ब्याट्रि डुबल फ्रन्ट एयर ब्याग, पछाडि पट्टी पार्किङ् सेन्सर र सबै यात्रुको लागि सिट बेल्टहरु राखिएको छ । सुविधा र सहजताको लागि एमजि कमेट इभिमा एलसिडि स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसि र हिटर जस्ता सुविधाहरु रहेका छन ।

एमजि कमेट इभिको शुरुवाती मुल्य १७९९ रहेको छ भने एमजि कमेट इभि प्ले र पेस गरी २ वटा भेरिएन्टमा उपलब्ध छ ।
त्यस्तै एमजिले कमेट इभिको हाइ भोल्टेज कम्पोनेन्टमा एक लाख किलोमिटरसम्म ३ वर्षको वारेन्टि दिएको छ भने हाइ भोल्टेज ब्याट्रिमा एक लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टि दिएको कम्पनीले जनाएको छ ।
हेर्दा अत्यन्तै आकर्षक देखिने एमजि ४ इभि २०२३ को युके कार अफ द इयर हुनुको साथै यसले युरोपमा पनि सेफ्टीको लागि ५ स्टार पाएको छ ।

No description available.

कम्फर्ट र लक्जरी गरी २ भेरीयन्टमा उपलब्ध एमजि कम्फर्ट इभिको ब्याट्रि क्षमता ५१ केडब्लुएचर ९९ केडब्लुको मोटर रहेको छ । त्यस्तै एमजि लक्जरी इभिको ब्याट्रि क्षमता ६४ प्धज र १५० प्ध् को मोटर रहेको कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*