शिवम् सिमेन्टको गुणस्तरमा समस्या, गुणस्तरहीन सिमेन्ट फास्ट ट्रयाकमा प्रयोग

२४ भाद्र २०८०, आईतवार १०:०८

काठमाडौं । शिवम् सिमेन्टले सिमेन्ट उत्पादन गर्दा गम्भिर त्रुटी गरी गुणस्तरहिन सिमेन्ट उत्पादन गर्दै आइरहेको तथ्य फेला परेको छ । जसका कारण राष्ट्रिय गौरवको आयोजनाहरुमा प्रयोग हुँदै आएको उक्त सिमेन्टको कारण देशको ठूला पूर्वाधार निर्माण समेत जोखिममा पर्ने देखिएको छ ।

शिवम् सिमेन्ट आफै क्लीङ्कर उत्पादन गर्दै आएको छ । तर, देशका ठूला विकास आयोजनाहरुमा घुस सेटिङमा महंगो मूल्यमा सिमेन्ट आपूर्ति गर्दै आएको शिवम् सिमेन्टले केही समयदेखि अत्याधिक मागका कारण बाहिरबाट क्लीङ्कर ल्याएर सिमेन्ट उत्पादन गर्दै आएको छ । बीमापोष्टलाई प्राप्त सूचनामा बाहिरबाट ल्याएको क्लीङ्कर बोक्ने ट्रकमा चुहिने त्रिपाल राख्ने र पूर्ण रुपमा नछोपी ल्याएको कारण विगतमा परेको वर्षायाममा पानीले भिजेको क्लीङ्कर प्रयोग गरेको खुलेको छ । विशेषज्ञहरुका अनुसार कुनै पनि सिमेन्ट क्लीङ्कर पानीले भिज्नु हुँदैन । १३०० डिग्री सेन्टिग्रड तापक्रममा तयार पारिएको सिमेन्ट क्लीङ्करलाई ओसले समेत छुनु हुँदैन । तर, शिवम् सिमेन्टले ओस आउने तथा पानील भिजाउँदै ल्याइएको क्लीङ्करबाट उत्पादित गुणस्तरहिन सिमेन्ट नेपाली सेनाको संलग्नतामा निर्माण हुँदै आएको फास्ट ट्रयाकमा प्रयोग हुँदै आएको छ ।

मकवानपुरको हेटौडामा रहेका शिवम् सिमेन्टले काठमाडौं–निजगढ फास्ट ट्रयाकको सुरुङमार्ग र धादिङ– काठमाडौं जोड्ने नौबिसे थानकोट सुरुङ मार्गमा प्रयोग हुँदै आएको छ । तर, शिवम् सिमेन्टले लापरवाहीपूर्ण तरिकाले गुणस्तरहिन सिमेन्ट उत्पादन गरी आपूर्ति गर्दै आएकोले उक्त आयोजनाहरुको गुणस्तरमा प्रश्न उठ्ने देखिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*