गार्डियन माइक्रो लाइफको बीमा अभिकर्ता तालिम सम्पन्न

२२ भाद्र २०८०, शुक्रबार १६:४८

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले देशका विभिन्न स्थानमा आफ्नो व्यवसाय विस्तार तथा बीमा अभिकर्ताहरुलाई तालिम सञ्चालन गर्दै आईरहेको छ ।

कम्पनीले यसै क्रममा आज सुदुरपश्चिमको महेन्द्रनगरमा आधारभुत अभिकर्ता तालिम सञ्चालन गरेको छ । कम्पनीको महेन्द्रनगर ब्रान्चले सिद्धार्थ होटलमा आयोजना गरेको सो कार्यक्रममा ५० जना भन्दा बढीको सहभागिता रहेको थियो ।

कार्यक्रमले अभिकर्ताको क्षमता विकास तथा व्यवसाय विस्तारमा टेवा पुग्ने कम्पनीले जनाएको छ । कार्यक्रमको सञ्चालन लक्ष्मण पाण्डेले गरेका थिए ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*