सुदुरपश्चिमको दिपायलमा आइएमई लाइफको ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ब्रान्च स्टार अवार्ड कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले सुदुरपश्चिम प्रदेशको दिपायलमा रहेको घटाल होटलमा भदौ २१ गते कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालको उपस्थितीमा सम्पन्न गरेको हो ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयालले कार्यक्रमलाई सम्बोधन गर्दै अभिकर्ता र कर्मचारीहरुलाई कम्पनीप्रति विश्वासीलो बनाउदै कम्पनीलाई थप व्यवस्थित गर्दै लानुपर्नेमा जोड दिए ।
आगामी आर्थिक बर्षभित्र कम्पनी प्रविधिमैत्री बन्ने र बीमितिलाई थप सहज बनाउने वातावरण सिर्जना गर्न तर्फ कम्पनीको मुख्य लक्ष्य हुने बताएका छन् । कम्पनीमा कार्यरत कर्मचारी तथा अभिकर्ताहरुले अन्य कम्पनीको तुलनामासक्षम, सबल रहेको भन्दै उनले खुलेर प्रशंसा गरे ।
कार्यक्रममा विभिन्न विधाका कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरेको थियो । कम्पनीले प्रथम बीमा शुल्क आर्जनको आधारमा प्रथम स्थान हासील गरेकी जानकी पार्की, दोस्रो नम्बरमा रहेका झपड बोहरा तथा योगेन्द्र बोहरालाई सम्मानपत्र सहित पुरुष्कृत गरेको थियो । कम्पनीले टिम बिजनेसको आधारमा प्रथम स्थान हासील गर्न सफल राजमती धामी ठकुल्ला, दिर्तीय स्थान हासील गरेकी जानकी पार्की लगायतका कर्मचारीलाई कम्पनीले सम्मान गरेको थियो ।
उक्त कार्यक्रमले नयाँ अभिकर्ताहरुलाई समेत स्वागत सहित हौसला प्रदान गरेको तथा कार्यक्रममा सिईओ कबि फुयाल सहित विभिन्न कर्मचारी अभिकर्ता लगायत ३५ जनाको उपस्थिती रहेको शाखा कार्यालय दिपायलले जनाएको छ ।