सानिमा रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, कुन योजनामा कति ?

२२ भाद्र २०८०, शुक्रबार १०:१५

काठमाडौं । सानिमा रिलायन्स लाइफले नयाँ बोनसदर घोषणा गरेको छ । कम्पनीले आज गत आर्थिक वर्ष २०७८।७९ को बीमालेखहरुको बोनसदर घोषणा गरेको हो ।

कम्पनीले आज सार्वजनिक गरेको बोनसदर अनुसार सावधिक जीवन बीमा योजना (रेगुलर)मा न्युनतम प्रतिहजार ३५ रुपैयाँदेखि अधिकतम ७० रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ कम्पीनीले सावधिक जीवन बीमा योजना (एकल)मा अधिकतम  प्रतिहजार ४३ रुपैयाँ देखि न्युनतम ३५ रुपैयाँसम्म बोनसदर घोषणा गरेको छ ।

यसका साथै कम्पनीले त्रिपल सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३०रुपैयाँ, दम्पति सावधिक बीमा योजनामा प्रतिहजार २० रुपैयाँदेखि ३० रुपैयाँ, सावधिक तथा आजीवन बीमालेखमा प्रतिहजार ३५ रुपैयाँदेखि ७० रुपैयाँ, अग्रिम भुक्तानी योजनामा प्रतिहजार ३२ रुपैयाँदेखि ४२ रुपैयाँ र वार्षिक अग्रिम भुक्तानी योजनामा न्युनतम प्रतिहजार १९रुपैयाँदेखि २१ रुपैयाँ सम्म बोनसदर कायम गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*