एक वाणिज्य बैंकसहित १५ कम्पनीले गरे लाभांश घोषणा, कुनको कति ? (तथ्यांकसहित)

२१ भाद्र २०८०, बिहीबार १७:४८

काठमाडौं । विभिन्न कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्ताहरुलाई लाभांश घोषणा गरिसकेका छन् । हालसम्म १५ कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । जसमा एक वाणिज्य बैंक, तीन वटा क्यापिटल र ११ वटा म्युचुअल फण्ड रहेका छन् ।

बाणिज्य बैंकहरुमध्ये माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सबैभन्दा पहिले लाभांश घोषणा गरेको हो । कम्पनीले लगानीकर्तालाई १३.३ प्रतिशत बोनस र ० दशमलव ७ प्रतिशत नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

एनआइसी एशिया क्यापिटलले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना लगानीकर्ताहरुलाई कुल ४६ प्रतिशत लाभांश घोषणा गरेको छ । ज्योति क्यापिटलले १० दशमलव २६३ र सनराइज क्यापिटलले ३० प्रतिशत लाभांश घोषणा गरेको छ ।

आर्थिक वर्ष ०७८।७९ को वितरणयोग्य मुनाफाबाट केही म्युचअल फण्डहरुले पनि आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरणको घोषणा गरेका छन् । जसमा म्युचअल फण्डहरुमध्ये हालसम्म सनराईज म्युचअल फण्डले सर्वाधिक लाभांश घोषणा गरेको छ । सो म्युचअल फण्डले लगानीकर्तालाई कुल १६ प्रतिशत लाभांश घोषणा गरेको छ ।

यसका साथै यस अवधिसम्ममा कुमारी क्यापिटलले १५ प्रतिशत, कुमारी इक्युटी फण्ड र एनआईसी एशिया डायनामीक डेप्ट फण्डले १० प्रतिशत, सिटिजन म्युचअल फण्ड २ र लक्ष्मी इक्युटी फण्डले ८ प्रतिशतले आफ्ना लगानीकर्ताहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेका छन् ।

गत आर्थिक वर्षको मुनाफाबाट सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ को ६.५ प्रतिशत, सिद्धार्थ इक्युटी फण्डले ५ प्रतिशत, कुमारी धनबृद्धि योजनाले ६ प्रतिशत र एनआईबीएल सहभागिता फण्डले ४ प्रतिशतले लाभांश घोषणा गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*