शिखर इन्स्योरेन्सको बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले वीरगञ्ज पब्लिक कलेजमा स्नातक तहका विद्यार्थीहरुलाई बीमा सम्बन्धी जानकारी गराउने उद्देश्यले बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।
नेपालमा बीमाका अवस्था, जीवन तथा निर्जीवन बीमा सम्बन्धी विषय तथा बीमा क्षेत्रमा रहेका अवसर तथा चुनौतीहरु र त्यसको समाधानका उपायहरुसहित बीमा महत्वका विषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको हो । उक्त कार्यक्रममा १ सय भन्दा बढी विद्यार्थीको उपस्थिति रहेको थियो ।
कार्यक्रममा मधेश प्रदेश प्रमुख सुरेश चन्द्र गुप्ताले विद्यार्थीले पढाई सकेपछि बैंक तथा वैदेशिक रोजगारको मात्रै अवसर देख्छन् । विद्यार्थीहरुलाई बीमा क्षेत्रमा पनि निकै राम्रो अवसर भएको र बीमा क्षेत्रमा दक्ष जनशक्तिको पनि अभाव रहेको भन्दै विद्यार्थीहरुलाई बीमा क्षेत्रमा लागेर पनि भविष्य बनाउन सकिन्छ भन्ने कुराको जानकारी दिएका थिए ।
उक्त कार्यक्रममा प्रादेशिक कार्यालय प्रमुख गुप्ता, वीरगञ्ज शाखा प्रमुख नितेश कुमार दास र क्याम्पस प्रमुअ अरविन्द श्रेष्ठको उपस्थिति रहेको थियो । सो कार्यक्रममा सहभागी भएर बीमा सम्बन्धी ज्ञान प्राप्त गर्न पाएकोमा विद्यार्थीहरुले खुसी व्यक्त गर्नुका साथै रोजगारका लागि बीमा क्षेत्रलाई प्राथमिकता दिने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।
निर्जीवन बीमा कम्पनीमध्येकै सर्वाधिक कर्मचारी रहेको शिखर इन्स्योरेन्समा ६५० भन्दा धेरैले प्रत्यक्ष रुपमा रोजगार पाएका छन् ।