१४ मध्ये १२ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

२० भाद्र २०८०, बुधबार १७:०८

काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये १२ वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनस दर सार्वजनिक गरेका छन् । कम्पनीहरुले आर्थिक वर्ष २०७८/७९ को लागि १२ वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् ।

हालसम्ममा आइएमई लाइफ, मेट लाइफ, एशियन लाइफ, नेशनल लाइफ, सन नेपाल लाइफ, सिटिजन लाइफ, साविक सूर्या लाइफ, साविक ज्योति लाइफ, साविक यूनियन लाइफ, रिलायबल नेपाल लाइफ, साविक प्राइम लाइफ र एलआइसी नेपाल इन्स्योरेन्सले आर्थिक वर्ष २०७८/७९ को लागि बोनसदर सार्वजनिक गरेका हुन् ।

१२ जीवन बीमा कम्पनीहरूले आर्थिक वर्ष २०७८/७९ को आर्थिक स्थितिको लेखाजोखा र दायित्वको बीमांङ्कीय मूल्याँकन गरी बीमितहरुलाई प्रदान गरिने पोलिसी बोनस घोषणा गरेका हुन् ।बीमा प्राधिकरणबाट स्वीकृत प्राप्त भएपछि कम्पनीहरूले संचालनमा ल्याएको तथा मुनाफामा सरिक हुने बीमालेखहरूको बीमाङ्कमा प्रतिहजारका दरले बोनस घोषणा गरिन्छ ।

कम्पनीहरुले घोषणा गरेको यस बोनश दर मृत्यु दाबी, पुर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मुल्य दाबी, चुक्ता मुल्य दाबी तथा चालु बीमालेखमा समेत लागु हुनुका साथै बीमा प्राधिकरणबाट अर्को वर्षको बीमाङकीय मुल्याङकन स्वीकृत नभएसम्मका लागि समेत उक्त बोनश दर कायम हुने जनाएको छ ।

यस्तै, नेपाल लाइफ, महालक्ष्मी लाइफ, प्रभू लाइफ, गुराँस लाइफ, रिलायन्स लाइफ र सानिमा लाइफले आव २०७८/७९ को बोनसदर भने हालसम्म घोषणा भएका छैनन् ।

साविक प्राइम लाइफ
साविक प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले न्यूनतम ३५ रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले सावधिक जीवन बीमालेखमा ९ वर्षको लागि ३५ रुपैयाँ, १० देखि १४ वर्षको लागि ४५ रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४५ रुपैयाँ,२० देखि २४ वर्ष अवधिको लागि ५१ रुपैयाँ, २५ वर्षदेखि माथि अवधिको लागि ७२ रुपैयाँ बोनश दर कायम गरेकोे छ ।

सावाधिक तथा आजीवन बीमालेखमा ९ वर्षको लागि ३६ रुपैयाँ, र सो भन्दा माथि क्रमश बढ्दै ५७ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिका लागि प्रति हजार ७५ रुपैयाँसम्म बोनसदर कायम गरेको छ ।
२५ वर्ष माथिको उमेर समूहको लागि कम्पनीले ९० रुपैयाँ बोनसदर निर्धारण गरिएको छ ।

नेशनल लाइफ
नेशनल लाइफ ८५ रुपैयाँसम्म बोनसदर निर्धारण गरेकोछ । कम्पनीले सावधिक जीवन बीमा योजनामा ९ वर्ष सम्मका लागि र १० वर्षदेखि १४ वर्षसम्मका लागि ६४ रुपैयाँ, १५ वर्षदेखि २० वर्षका लागि पनि ६४ रुपैयाँ, २१ वर्षदेखि २५ वर्षका लागि ७० रुपैयाँ र २६ वर्ष वा सो भन्दा माथिकाले ८५ रुपैयाँ बोनसदर निधारण गरेको छ ।

सावधिक जीवन बीमा योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६४ रुपैयाँ, १० देखि १४ वर्ष र १५ देखि २० वर्ष अवधिका लागि प्रति हजार ६४, २१ वर्षदेखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ र सो भन्दा माथिका लागि प्रति हजार ८५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, सावधिक तथा आजिवन बीमालेख अन्तर्गत ९ वर्षदेखि २० वर्ष अवधि सम्मको लागि प्रति हजार ६४ रुपैयाँ, २१ देखि २५ वर्षसम्मका लागि प्रति हजार ७० रुपैयाँ, २६ देखि २९ वर्षसम्मका लागि प्रति हजार ८५ रुपैयाँ र ३० वा सो भन्दा बढी अवधिका लागि प्रति हजार ८५ रुपैयाँ बोनसदर रहेको कम्पनीले जनाएको छ ।

अग्रिम भुक्तानी सावधिक जीवन बीमालेख योजनामा ९ वर्ष अवधिका लागि प्रति हजार ६३ रुपैयाँ, १० देखि १४ वर्षसम्मका लागि प्रति हजार ६३ रुपैयाँ, १५ देखि १९ वर्षसम्मका लागि प्रति हजार ६४ रुपैयाँ, २० र सो भन्दा माथिका लागि प्रति हजार ६४ रुपैयाँको दरले बोनस दर तोकिएको कम्पनीले जनाएको छ ।

मेट लाइफ
मेट लाइफले अधिकतम ८० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले सावधिक जीवन बीमा पोलिसीमा १५ वर्ष अवधिसम्मका लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्ष अवधिकाले ७० रुपैयाँ र २१ वर्ष भन्दा बढि अवधिको लागि ८० रुपैयाँ बोनश दिनेछ । शिक्षा संरक्षण योजनामा १५ वर्षको लागि ६० रुपैयाँ, १६ वर्षदेखि २० वर्षका लागि ७० रुपैयाँ र २१ वर्ष भन्दा बढिको लागि ८० रुपैयाँ बोनश दर कायम गरेको छ ।

कम्पनीको सावधिक जीवन बीमा योजनामा सहभागि हुने बीमितले प्रतिहजार न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनस पाउनेछन् ।

जसमा १५ वर्षसम्म अवधिको बीमा योजनामा ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा बढी अवधिका लागि ८० रुपैयाँ पाउनेछन् ।

कम्पनीले न्यूनतम ६० रुपैयाँदेखि अधिकतम ८० रुपैयाँ तोकिएको छ । जसमा १५ वर्ष अवधिको बीमा योजनामा ६० रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ७० रुपैयाँ र २१ वा सो भन्दा बढी अवधिका लागि ८० रुपैयाँ पाउनेछन् ।

यस्तै अग्रिम भुक्तानी योजनाका बीमितले न्यूनतम ४५ देखि ६५ रुपैयाँ बोनस पाउने छन् । जसमा १५ वर्ष अवधिको बीमा योजनामा ४५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिमा ५५ रुपैयाँ र २१ वा सो भन्दा बढी अवधिका लागि ६५ रुपैयाँ पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

रिलायबल नेपाल लाइफ
रिलायबल नेपाल लाइफले रिलायबल सावधिक जीवन बीमा योजना अन्तर्गत कम्पनीले न्यूनतम प्रतिहजार न्युनतम ५० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्मको बोनसदर घोषणा गरेको छ ।

कम्पनीको रिलायबल सावधिक जीवन बीमा योजनामा ५ वर्षदेखि ९ वर्ष अवधिसम्मको लागि प्रतिहजार ५० रुपैयाँ निर्धारण गरेको छ । १० देखि १४ वर्ष अवधिको लागि ५५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ,२० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ७५ रुपैयाँ बोनसदर कायम भएको छ ।
कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको मात्रै २२२ सय वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

त्यस्तै, यता रिलायबल लघु सावधिक जीवन बीमा योजना अन्तर्गत रिलायबल लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कामय गरेको छ । त्यस्तै, बीमा सिमित लघु सावधिक जीवन बीमा योजनाको हकमा कम्पनीले सबै बीमा अवधिको लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।
साथै कम्पनीले रिलायबल सजिलो जीवन बीमा(एकल तथा सिमित अवधि भुक्तानी) योजनाको हकमा कम्पनीको सबै बीमा अवधिहरुको लागि २५ रुपैयाँ बोनसदर कायम गरेको छ ।

यता कम्पनीले रिलायबल सुलभ जीवन बीमालेख रिलायबल जीवन बीमा प्लस योजनाको हकमा पाँच देखि ९ वर्ष अवधिसम्मको लागि प्रति हजार २४ रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १० वर्षदेखि १४ वर्षसम्म अवधिको लागि प्रति हजार २८ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ३२ रुपैयाँ, २० वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति हजार ४० रुपैयाँ कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ३० हजार ४ सय ६८ बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ३२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै रिलायबल उच्च शिक्षा योजनाको हकमा पाँच देखि १४ वर्ष अवधिसम्मको लागि प्रति हजार ६० रुपैयाँ बोनस कायम भएको छ । त्यस्तै, १५ देखि १९ वर्ष अवधिको लागि प्रति हजार ६२ रुपैयाँ, २० वर्ष वा सो भन्दा माथि अवधिको लागि प्रति हजार ६५ रुपैयाँ बोनसदर कायम भएको छ । कम्पनीको यस बीमालेख १५ देखि १९ वर्ष अवधिको ४ सय ४८ वटा बीमालेख बिक्री गरेको छ । यस अवधिमा बीमितले प्रतिहजार ६२ रुपैयाँ बोनस प्राप्त गर्ने छन् ।

साथै सावधिक तथा आजीवन बीमा योजना योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको लागि प्रति हजार ३० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ३५ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ४० रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ४५ रुपैयाँ र २५ वर्ष वा सोभन्दा माथि अवधिको लागि प्रति शजार ५० रुपैयाँ कायम गरेको छ ।

यस बीमा योजनामा कम्पनीले १५ देखि १९ वर्ष अवधिको पोलिसी धेरै विक्री गरेको छ । यस पोलिसी कम्पनीले ३ हजार ५५१ वटा विक्री गरेको छ । जसमा बीमितले ४० रुपैयाँ बोनश पाउनेछन् ।

रिलायबल अग्रिम भुक्तानी सावाधिक बीमा योजना योजनाको हकमा १०,१२ र १४ वर्षसम्म अवधिको लागि प्रति हजार ५० रुपैयाँ, १६,१८ र २० वर्ष अवधिको लागि प्रति हजार ५५ रुपैयाँ बोनसदर कायम भएको छ । त्यसैगरी कम्पनीको रिलायबल समुन्नती जीवन बीमा योजनाका लागि कम्पनीले सबै बीमालेखमा प्रति हजार २० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।

सन नेपाल लाइफ
सन लाइफ सर्वाधिक जीवन योजना न्युनतम प्रतिहजार ३० रुपैयाँदेखि ५० अधिकतमसम्म निधारण गरेको छ ।
भाग्योदय जीवन बीमालेख (एकल भुक्तानी सावाधिक)मा कम्पनीले न्यूनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।कम्पनीले १५ देखि १९ वर्ष अवधिको ४ सय ३ वटा बीमा योजना बिक्रि गरेको छ ।

बाल समृद्ध जीवन बीमालेख (बालबालिकाको सावाधिक बीमा) को हकमा पनि कम्पनीले न्युनतम ३० रुपैयाँदेखि ५० रुपैयाँसम्म बोनसदर, सुनौलो सर्वाधिक जीवन बीमा योजना अन्तर्गत न्यूनतम ३० रुपैयाँ देखि अधिकतम ५० रुपैयाँ निर्धारण गरेको छ।

त्यस्तै, सार्थक आजीवन जीवन बीमालेख अग्रिम भुक्तानी तथा आजीवनको हकमा कम्पनीले प्रति हजार ४२ रुपैयाँ बोनसदर निर्धारण गरिएको छ।सिमित अवधि भुक्तानी तथा अग्रिम भुक्तानी सावाधिक बीमा योजनाहरु(धनलक्ष्मी बीमा योजना समेत)यस बीमा योजनामा कम्पनीले १० देखि १४ वर्ष अवधिको लागि प्रति हजार २९ रुपैयाँ बोनसदर कायम गरेको छ ।
धनञ्जय वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजनको हकमा १ देखि ९ वर्ष अवधिको लागि प्रति हजार २९ रुपैयाँ र २० वर्ष वा सोभन्दा माथि लागि ३० रुपैयाँ बोनसदर कायम गरेको छ ।

साविक ज्योति लाइफ

साविकको ज्योति लाइफ इन्स्योरेन्समा बीमा गरेकाले अधिकतम ७५ रुपैयाँसम्म बोनसदर निधारण गरेको
जसअनुसार कम्पनीका बीमितले न्यूनतम २० रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।
सावधिक बीमा योजना र सावधिक तथा आजीवन बीमा योजनामा कम्पनीले बीमा अवधिअनुसार प्रतिहजार न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँ बोनसदर सार्वजनिक गरेको छ ।

यस्तै, अग्रिम भुक्तानी जीवन बीमा योजनामा न्यूनतम ४३ रुपैयाँदेखि अधिकतम ५० रुपैयाँ, वार्षिक अग्रिम भुक्तानीमा प्रतिहजार न्यूनतम २० रुपैयाँ र अधिकतम ३० रुपैयाँसम्म इन्स्योरेन्सले बोनसदर तोकेको छ ।

उल्लेखित बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशकि अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

बीमा प्राधिकरणबाट अर्को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत नभएसम्मको लागि कम्पनीले भुक्तानी गर्ने उल्लेखित दाबीहरुमा समेत यही बोनसदर कायम हुने कम्पनीको भनाई छ ।

साविक युनियन लाइफ

साविक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा योजना र र अवधिका आधारमा प्रतिहजार न्यूनतम १९ रुपैयाँदेखि अधिकतम ७२ रुपैयाँसम्म बोनसदर निधारण गरेको छ ।
सावधिक तथा बालबच्चा सावधिक जीवन बीमा योजना अन्तर्गत बीमा अवधिको आधारमा बिमितले प्रतिहजार न्यूनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँसम्म पाउनेछन् ।

सिमित भुक्तानी सावधिक जीवन बिमा योजनामा (एकल) मा न्यूनतम २७ रुपैयाँदेखि ४२ रुपैयाँ, सिमित भुक्तानी सावधिक जीवन बिमा योजनामा न्युनतम ३० रुपैयाँदेखि ७२ रुपैयाँ र सावधिक तथा आजीवन जीवन बिमा योजनामा न्यूनतम ४० रुपैयाँ देखि ७४ रुपैयाँसम्म बोनसदर पाउनेछन् ।

यस्तै, सिमित भुक्तानी सार्वधिक तथा आजीवन जीवन बिमा योजनाका सबै वर्षका बिमालेखमा प्रतिहजार ५० रुपैयाँका दरले बोनसदर पाउने भएका छन् ।

वार्षिक अग्रिम भुक्तानी जीवन बिमा योजना अन्र्तगत बिमा अवधिको आधारमा न्यूनतम १९ रुपैयाँदेखि २७ रुपैयाँ र अग्रिम भुक्तानी तथा आजीवन जीवन बिमा योजनामा न्यूनतम २४ रुपैयाँदेखि ४१ रुपैयाँ बोनसदर पाउनेछन् ।

यस्तै,जीवन आधार जीवन बिमा योजनामा ५० रुपैयाँ, जीवन उत्थान जीवन बिमा योजनामा र जीवन आवरण जीवन बिमा योजनामा ४० रुपैयाँ बोनस पाउनेछन् ।

उल्लेखित बिमा अवधि तथा योजना अनुसार कायम बोनसदर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मल्य दाबी, चुक्ता मूल्य तथा चालू बिमालेखमा समेत लागु हुने कम्पनीले जनाएको छ ।

सिटिजन लाइफ
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम २५ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

त्यस अनुसार कम्पनीको अग्रमि भुक्तानी सावधिक (रेगुरल) जीवन बीमालेखमा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम ५५ रुपैयाँसम्म बोनस पाउनेछन ।

यस्तै सावधिक जीवन बीमा लेख (रेगुलर) मा प्रति हजार न्यूनतम ३८ रुपैयाँदेखि अधिकतम ७३ रुपैयाँसम्म, सिटिजजन शुभारम्भ योजना (सावधिक) बीमालेखमा न्युनतम ३५ रुपैयाँ देखि ७० रुपैयाँसम्म पाउनेछन् ।

वार्षिक अग्रिम भुक्तानी सावधिक बीमालेखमा न्युनतम २५ रुपैयाँ देखि ३५ रुपैयाँसम्म र सावधिक तथा आजीवन बीमालेख (सिटिजन जीवन सारथी योजना) मा न्युनतम ३६ रुपैयाँ देखि ७० रुपैयाँसम्म बोनस पाउनेछन् ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

साविक सूर्या लाइफ
साविकको सूर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७८÷७९ को लागि बीमितलाई दिने बोनस दर सार्वजनिक गरिसकेको छ ।
कम्पनीले बीमा योजना र बीमा अवधिका आधारमा प्रतिहजार न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ९० रुपैयाँसम्म बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीको अग्रिम भुक्तानी सावधिक बीमा योजनामा बीमा अवधिको आधारमा बीमितले प्रति हजार न्यूनतम ४२ रुपैयाँदेखि अधिकतम ६० रुपैयाँ, सावधिक जीवन बीमामा न्यूनतम ४० रुपैयाँदेखि अधिकतम ७० रुपैयाँ बोनस पाउनेछन् ।
यस्तै सावधिक तथा आजीवन बीमालेखमा बीमितले न्युनतम ४० रुपैयाँ देखि ७० रुपैयाँ बोनस दर सार्वजनिक गरको छ ।
चौरासी पुजा अग्रिम नियमित भुक्तानी योजनामा न्युनतम ४५ रुपैयाँ देखि ७० रुपैयाँ, चौरासी पुजा अग्रिम एकल भुक्तानीमा ७५ रुपैयाँ देखि ९० रुपैयाँसम्म कम्पनीले बीमितलाई बोनस विरतण गर्नेछ ।

उल्लेखित बीमा अवधि तथा योजना अनुसार कायम बोनस दर मृत्यु दाबी, पूर्ण वा आंशिक अवधि भुक्तानी दाबी, समर्पण मूल्य दाबी, चुक्ता मूल्य दाबी तथा चालु बीमालेखमा समेत लागू हुने कम्पनीले जनाएको छ ।

आइएमई लाइफ
आइएमइ लाइफ इन्स्योरेन्स कम्पनीले अधिकतम ७० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमालेखमा कम्पनीले ९ वर्षसम्म क्रमश रकम बढाउदै ३० वर्ष वा सो वर्षभन्दा माथि अवधिका लागि ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ ।
कम्पनीले वार्षिक अग्रिम भुक्तानी सावाधिक जीवन बीमालेख (बाल किरण) मा कम्पनीले १० देखि १४ वर्षको लागि ३० रुपैयाँ, १५ देखि १९ वर्षको लागि ४० रुपैयाँ, २० देखि २४ वर्षको लागि ४४ रुपैयाँ र २५ देखि २९ वर्षको लागि ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

एशियन लाइफ
एशियन लाइफ इन्स्योरेन्स कम्पनीले न्यूनतम ४२ रुपैयाँ र अधिकतम ७० रुपैयाँ बोनसदर निर्धारण गरेको छ । कम्पनीको सावधिक तथा आजीवन बीमालेखमा बीमा अवधिअनुसार न्यूनतम ६१ रुपैयाँ र अधिकतम ७५ रुपैयाँ निर्धारण गरेकोछ ।
कम्पनीको बालबालिकाको सावधिक जीवन बीमालेखमा बीमा अवधिअनुसार न्यनतम ४४ रुपैयाँ लेखि उमेरहदर र अवधिअनुसार न्यूनतम ५० रुपैयाँ र अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेकोछ ।

एलआईसी नेपाल
एलआईसी नेपाल इन्स्योरेन्स कम्पनीले न्युनतम ४१ रुपैयाँदेखि अधिकतम ६४ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ ।

कम्पनीले सावाधिक, जीवन बीधा, जीवन साथी, जीवन श्री योजनामा प्रतिहजार न्युनतम ५१ रुपैयाँदेखि अधिकतम ६१ रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । जसमध्ये ५ देखि ९ वर्ष अवधिको ५१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५३ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ र २५ वर्षदेखि माथिको ६१ रुपैयाँ बोनस तोकेको छ ।

यस्तै, जीवन आन्नद बीमा योजनामा कम्पनीले प्रतिहजार ५० रुपैयाँदेखि अधिकतम ६० रुपैयाँसम्म बोनसदर निर्धारण गरेको छ । कम्पनीले ५ देखि ९ वर्ष अवधिको ५० रुपैयाँ, १० देखि १४ वर्ष अवधिको ५२ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको ५५ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५७ रुपैयाँ र २५ वर्षदेखि माथिको प्रतिहजार ६० रुपैयाँ बोनसद तोकेको हो ।
यस्तै, बाल सावाधिक ३४९ बीमा योजनामा कम्पनीले प्रतिहजार न्यूनतम ५१ रुपैयाँदेखि अधिकतम ६३ रुपैयाँसम्म बोनसदर तोकेको छ । कम्पनीले १५ देखि १९ वर्ष अवधिको ५१ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको ५५ रुपैयाँ, २५ वर्षदेखि २९ वर्ष अवधिको ६३ रुपैयाँ र ३० वर्षदेखि माथिको प्रतिहजार ६४ रुपैयाँ बोनसदर प्रदान गर्ने बताएको छ ।

धन वृष्टि योजनामा कम्पनीले १० र १५ वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनसदर निर्धारण गरेको छ । त्यस्तै, धन फिर्ता बीमा योजनामा कम्पनीले १५ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २५ वर्ष अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर घोषणा गरेको छ ।

बाल ममता र बाल स्नेह योजनामा कम्पनीले १५ वर्षसम्म अवधिको प्रतिहजार ५५ रुपैयाँ, १६ देखि २० वर्ष अवधिको प्रतिहजार ५७ रुपैयाँ र २१ वर्षदेखि माथि अवधिको प्रतिहजार ६० रुपैयाँ बोनसदर प्रदान गर्नेछ । जविन तरंग र नयाँ जीवन तरंग बीमा योजनामा कम्पनीले १० वर्ष अवधिको प्रतिहजार ५० रुपैयाँ, १५ वर्ष अवधिको ५१ रुपैयाँ, २० वर्ष अवधिको प्रतिहजार ५५ रुपैयाँ बोनदर दिने घोषणा गरेको छ ।

यस्तै, लघु सावाधिक योजनामा कम्पनीले १५ वर्ष अवधिका लागि ४१ रुपैयाँ बोनस दिने घोषणा गरेको छ । जीवन बचत योजनामा कम्पनीले ५ देखि ९ वर्ष अवधिको प्रतिहजार ४१ रुपैयाँ, १० देखि १४ वर्ष अवधिको प्रतिहजार ४९ रुपैयाँ, १५ देखि १९ वर्ष अवधिको प्रतिहजार ५२ रुपैयाँ, २० देखि २४ वर्ष अवधिको प्रतिहजार ५६ रुपैयाँ र २५ वर्ष माथिको प्रतिहजार ६१ रुपैयाँ बोनस दर निर्धारण गरेको छ ।

One thought on “१४ मध्ये १२ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

  1. binod says:

    Nepal life ko bonous kahile aaux???

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*