लाभांश र मर्जर प्रस्ताव पारित मुख्य एजेण्डा सहित सनराइज क्यापिटलले बोलायो एजीएम

२० भाद्र २०८०, बुधबार १०:२८

काठमाडौं । सनराइज क्यापिटलले लाभांश र मर्जर प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ ।क्यापिटलले असोज १० गते आफ्नो कार्यालय, कमलपोखरी, काठमाडौँमा तेह्रौँ वार्षिक साधारण सभा डाकेको हो। सो सभा बिहान साढे १० बजे शुरु हुनेछ।

सभाले सनराइज क्यापिटल र लक्ष्मी क्यापिटल मार्केट एक आपसमा मर्ज हुने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ३० प्रतिशत नगद लाभांश ९कर सहित० वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*