साङ्गे विद्युत कम्पनीको वार्षिक साधारणसभा असोज ९ मा, यस्ता छन् प्रस्तावहरु
काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ १७ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले साधारण सभा असोज ९ गते कम्पनीको कार्यालय, त्रिपुरेश्वर काठमाडौंमा आयोजना गर्ने निर्णय गरेको हो । सभा बिहान ११ बजे सुरु हुनेछ ।
सभाले संचालक समितिको आर्थिक वर्ष २०७७।७८ र २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७७।७८ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी अनुमोदन गर्ने प्रस्ताव रहेको छ ।
यसका साथै, सभाले आर्थिक वर्ष २०७८।७९ को लागि लेखा परिक्षक नियुक्ति र निजको पारिश्रमिक अनुमोदन गर्ने, आव २०७७।७८ को नगद लाभांश (कर सहित) प्रस्ताव अनुमोदन गर्ने, लेखा परिक्षकको प्रतिवेदन सहित आव २०७८।७९ को वासलात, नाफा नोक्सान हिसाब तथा सोहि अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ ।
सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, प्रारम्भिक शेयर निष्काशन गर्ने, नियमक निकायहरुको निर्देशनमा प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन तथा थपघट गर्न आवश्यक भएमा सो गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्ने भएको छ ।