रिलायबल नेपाल लाइफले काठमाडौं उपत्यकासहित ८ स्थानमा घरजग्गा खरिद गर्दै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले घरजग्गा खरिद गर्ने भएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै काठमाडौं उपत्यकासहित देशभरीका ८ स्थानमा घरजग्गा खरिद गर्ने जानकारी दिएको हो ।
कम्पनीले काठमाडौं उपत्यका, कोशी प्रदेश, मधेश प्रदेश, चितवन जिल्ला, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका विभिन्न व्यवसायिक सहरहरुमा जग्गा वा सो स्थानमा बनेको भवन खरिद गर्ने भएकोले सम्बन्धित इच्छुक धनीहरुबाट बोलपत्र पेश गर्न आग्रह गरेको छ ।
घर जग्गा बिक्री गर्न इच्छुक धनीले प्रस्ताव पेश गर्दा खाममा ‘रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लागि जगा बिक्री प्रस्ताव’ उल्लेख गरी शिलबन्दी बोलपत्र सूचना प्रकाशितको मितिले कम्पनीको केन्द्रीय कार्यालय, ज्ञानेश्वर, काठमाडौंमा पेश गर्न सकिने कम्पनीले जनाएको छ ।