एसिया कपमा आज भारत र नेपाल भिड्दै

१८ भाद्र २०८०, सोमबार ०९:५४

काठमाडौं । एसिया कप अन्तर्गत आज नेपाल भारतसँग खेल्ने भएको छ । श्रीलंकाको पेल्लेकेले मैदानमा नेपाली समयअनुसार सवा तीन बजे खेल सुरू हुनेछ । प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपाल र भारतको आजको खेल समूह चरणको अन्तिम खेल हो ।

नेपालका लागि आज अत्यन्त महत्वपूर्ण र ऐतिहासिक खेल हुनेछ । नेपाल र भारत दुवै टिमले समूहका पहिलो खेल खेलिसकेका छन्। पाकिस्तानविरूद्धको पहिलो खेलमा नेपाल फराकिलो अन्तरले पराजित भएको थियो । भारत र पाकिस्तानबीच शनिबार भएको खेल वर्षाले रद्द हुँद दुवै टिमले एक एक अंक जोडेका थिए ।

समूहबाट पाकिस्तानले ३ अंक जोडेर सुपर–फोरमा स्थान पक्का गरिसकेको छ । अब नेपाल र भारतबीचको खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ । जित हात पार्ने टिम सुपर फोरमा पुग्नेछ ।

नेपाली टिमः रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, ललित राजवंशी, भीम सार्की, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, गुल्सन झा, आरिफ शेख, सोमपाल कामी, प्रतिश जिसी, किशोर महतो, सन्दीप जोरा, अर्जुन साउद, श्याम ढकाल ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*