हुम्लामा युनाइटेड अजोडको कृषि, पशुपन्छी तथा जडीबुटी बीमा अभिकर्ता तालिम सम्पन्न

१८ भाद्र २०८०, सोमबार १०:४९

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सले यही भदौ १० गतेदेखि १२ गतेसम्म कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ताका रुपमा कम्पनीमा आवद्ध भई कार्य गर्न इच्छुक व्यक्तिलाई मध्यनजर गर्दै कृषि पशुपन्छी तथा जडिबुटी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ ।

कम्पनीले हुम्लाको होटल मानसरोवरमा उक्त तालिम सञ्चालन गरेको हो । तालिलममा २५ जनाको सहभागिता रहेको थियो । उक्त कार्यक्रमको प्रमुख अतिथीमा प्राधिकरणको कर्णाली प्रदेश कार्यालयका प्रमुख पदमप्रसाद सोडारीको उपस्थिति रहेको थियो ।

बीमा प्राधिकरणबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कम्पनीले बीमा अभिकर्ता तालिम सम्पन्न गरेको हो । उक्त तालिमले आम मानिसहरु कम्पनीमा आवद्ध भई कार्य गर्ने र कम्पनीको तालिमबाट प्राप्त सिपको आधारमा कार्य गर्दा कृषि बीमा प्रचारप्रसार तथा जनचेतनामा थप टेवा पुग्ने विश्वास कम्पनीले लिएको छ ।

तालिम पश्चात् भदौ १३ गते कम्पनीले हुम्लाको नाम्कामा अन्तक्र्रिया कार्यक्रम पनि सञ्चालन गरेको थियो । उक्त अन्तक्र्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख तथा गाउपालिकाका अध्यक्ष तथा उपाध्यक्षको समेत उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*