लिवर्टी इनर्जी र सिटी होटलको शेयरमा नकारात्मक सर्किट
१७ भाद्र २०८०, आईतवार १५:१६
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ५६ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ ।
शेयर बजारमा दोहोरो अंकले गिरावट आएसँगै लिवर्टी इनर्जी र सिटी होटलको शेयरमूल्यका नकारात्मक सर्किट लागेको छ । आज लिवर्टी इनर्जी कम्पनीको शेयरमूल्य २०२ र सिटी होटलको शेयरमूल्य ६८० रुपैयाँमा कारोबार भएको छ ।
यसका साथै, ग्रिन भेन्चर, कुुथेली बुखरी स्मल हाइड्रोपावर, सामलिङ पावर कम्पनी लगायतको शेयरमूल्य घटेको छ ।