दोहोरो अंकले घट्यो नेप्से, यी चार उपसूचकमा सर्वाधिक गिरावट

१७ भाद्र २०८०, आईतवार १५:०६

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से २९ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ । नेप्से घटेसँगै १३ वटै उपसूचकमा रातो पोतिएको छ ।

आज नेप्सेमा ४० लाख ५३ हजार कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ६६ लाखको कारोबार भएको छ । आज होटल तथा पर्यटन उपसूचक सर्वाधिक ३.०३ प्रतिशतले घटेको छ । हाइड्रोपावर उपसूचक २.३३ र जीवन तथा निर्जीवन बीमा उपसूचक समान २ प्रतिशतले घटेका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*