एक कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
१७ भाद्र २०८०, आईतवार १५:०५
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३० दशमलव ५६ अंकले घटेर १९६० को विन्दुमा कायम भएको छ ।
शेयर बजार घटेतापनि केही कम्पनीको शेयरमुल्य चाँही बढेको छ । आज थ्रि स्टार हाइड्रोपावरकोको शेयरमूल्यमा चाँही सकारात्मक सर्किट लागेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्ता २३ रुपैयाँले बढेर २५४ रुपैयाँमा कारोबार भएको छ ।
त्यस्तै, आइतबार सिक्लेस हाइड्रोपावर, प्राइम डिभेन्चर २०८८, बुद्ध भुमि नेपाल हाइड्रोपावर लगायतका कम्पनीको शेयरमूल्य बढेको छ ।