पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १२ जना घाइते, २ जनाको मृत्यु

१७ भाद्र २०८०, आईतवार १२:०९

काठमाडौं । काठमाडौंको पेप्सीकोलामा सवारी दुर्घटना हुँदा १४ जना घाइते भएका थिए । जसमध्ये उपचारको क्रममा २ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बा.प्र.०२–०३७ प ५३११ नम्बरको स्कुटर पछाडि सवार सशस्त्र प्रहरी बल सिनामंगलमा कार्यरत २५ वर्षीया उसा थापा र बा.प्र.०२–०४१ प ४८३८ नम्बरको मोटरसाइकल चालक सर्लाहीका २१ वर्षीय राज भट्टराईको मृत्यु भएको हो ।

जडीबुटीबाट पेप्सीकोलातर्फ आउँदै गरेको क्षेत्रीय उपत्यका बस व्यवसाय सङ्घको बा३ख ४८४८ नम्बरको बस र विपरीत दिशाबाट आएको बा६च ५३४२ नम्बरको बलेरो गाडी आज बिहान एकआपसमा ठोक्किँदा सो दुर्घटना भएको थियो ।

दुई गाडी ठोक्किँदा बागमती प्रदेश०२–०३७प ५३११ नम्बरको स्कुटर र बागमती प्रदेश०२–०४१प ४८३८ नम्बरको मोटरसाइकलमा समेत ठोक्किएको थियो ।

प्रहरीका अनुसार घाइतेमध्ये आठ जनाको पेप्सीकोलास्थित मदरल्याण्ड अस्पताल र छ जनाको नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचार भइरहेको छ । बस चालक रामेछापका २४ वर्षीय जनक राउतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*