अब डिम्याट नवीकरण नगरी आईपीओ भर्न नमिल्ने

१७ भाद्र २०८०, आईतवार १३:५६

काठमाडौं । सिडीएससी एण्ड क्लियरिङ लिमिटेडले डिम्याट खाता नवीकरण नगरेका लगानीकर्ताले आईपीओ भर्न नपाउने तथा त्यस्ता लगानीकर्ताको मेरो शेयर रोक्का गरिने निर्णय लागु गरेको छ ।

अब मेरो शेयर खोल्दा डिम्याट नवीकरण नगरिएको भएमा भनेर देखाउने भएको छ । साथै, डिम्याट नवीकरण नभएसम्म मेरो शेयर नखुल्ने, आईपीओ तथा हकप्रदमा पनि आवेदन दिन नमिल्ने भएको छ ।

अधिकांश लगानीकर्ताले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरेर आईपीओ मात्र भरी दोस्रो बजारमा कारोबार नगर्ने गरेपछि सिडिएससीले डिम्याट खाता नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गरेका हरुको पनि मेरो शेयर रोक्का राखेको हो ।

लगानीकर्ताले आफ्नो हितग्राही खाताको बार्षिक शुल्क प्रत्येक आर्थिक वर्ष समाप्त हुनु अगाडि नै आफ्नो निक्षेप सदस्यलाई बुझाउनुपर्ने व्यवस्था छ। यो व्यवस्था विपरित शुल्क नबुझाउने लगानीकर्ताको हितग्राही खाता निक्षेप सदस्यले रोक्का राख्ने गरेको छ । यस्ता लगानीकर्ताले शेयर विक्री गर्दा खाता रोक्का भएका कारणले e-DIS गर्न सम्भव हुदैन।

तर दोस्रो बजारमा कारोबार नगर्नेले शेयर बिक्री नै नगर्ने भएकोले उनीहरुले लामो समयदेखिको डिम्याट नवीकरण नगरेपछि सिडिएससीले यस्तो व्यवस्था ल्याएको हो । मेरो शेयर मात्र नवीकरण गरेपनि आईपीओ भर्न मिल्ने भएकाले लगानीकर्ताले डिम्याट नवीकरण नगरी मेरो शेयर मात्र नवीकरण गर्न थालेपछि यस्तो नियम लागू गरिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*