विभिन्न कार्यक्रमसहित रिलायबल नेपाल लाइफले मनायो छैठौं वार्षिक उत्सव 

१७ भाद्र २०८०, आईतवार ११:३०

काठमाडौं । रिलायबल नेपाल लाइफले विभिन्न कार्यक्रम आयोजना गरी आफ्नो छैठौं वार्षिक उत्सव मनाएको छ । कम्पनीले जीवन बीमा कारोवार शुरु गरेको ६ वर्ष पुरा गरी सातौं वर्षमा प्रवेश गरेको छ ।

कम्पनीले सो अवसरमा कम्पनी प्रति विश्वास गरी बीमालेख खरिद गर्नु हुने करिव ७० लाख बीमितहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पुर्याउन अहं भूमिका खेल्नुहुने रिलायबल एडभाइजर समुह, नियमनकारी निकायहरु, लगनिकर्ताहरु, अहोरात्र काम प्रती समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारवालाहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेको हो ।

कम्पनीलाई हाल सम्मको उपलब्धीबाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको कम्पनीले जनाएको छ । कम्पनीले भविष्यमा अझ ठुलो जिम्मेवारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षाका साथ समस्त स्टेकहोल्डर्सबाट थप सहयोग तथा विश्वास प्राप्त हुने अपेक्षा पनि गरेको छ । अगाडी दिनमा हामी सेवालाई उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ठ कारोवार गर्ने कम्पनीले प्रतिबद्दता गरेको छ ।

उक्त अवसरमा कम्पनीले केन्द्रीय कार्यलय, बुटवल र दमक शाखाहरुमा रक्तदान, समता गुठीलाई नगद सहयोग, मन्दिर सर—सफाई, विभिन्न वृद्घआश्रममा खाध्य सामाग्रीहरु वितरण, विद्यालयमा स्टेस्नरी सामन वितरण, वृक्षारोपण गरी सातै प्रदेशमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यगरी वार्षिक उत्सव हर्सोउल्लास रुपमा मनाएको कम्पनीले जनाएको छ । उक्त काममा कर्मचारी एवं बीमा अभिकर्ताहरुको सक्रिय सहभागिता रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*