जानकी फाइनान्सको संस्थापक शेयर बिक्रीमा
१७ भाद्र २०८०, आईतवार १०:१९
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले संस्थापक शेयरधनी बिनोद कुमार साहको नाममा रहेको ५० हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिदको पहिलो हक विद्यमान शेयरधनीहरुलाई रहेको छ । सो शेयर खरिद गर्न इच्छुक विद्यमान शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर विवरण खुलाई कम्पनीको सचिव कार्यालयमा आवेदन दिन सक्नेछन् ।
साथै, तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीबाट खरिद आवेदन नआएको खण्डमा उक्त शेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रकिया अघि बढाइने समेत कम्पनीले जनाएको छ ।