सिद्धार्थ बैंकका शेयरधनी मदन लाल केडियाको तीन लाख कित्ता शेयर बिक्रीमा
१७ भाद्र २०८०, आईतवार ०९:५५
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले तीन लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी मदन लाल केडियाको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो ।
उक्त शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशितको मितिले ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी बैंकको प्रधान कार्यालय हात्तीसार, काठमाडौैमा आवेदन दिन सक्नेछन् ।
तोकिएको समयमा विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिद नभएमा नियम अनुसार उक्त शेयर अन्य व्यक्ति, संस्थालाई शेयर बिक्री गरिने बैंकले जनाएको छ ।