यो साता कुन-कुन कम्पनीको भयो सर्वाधिक कारोबार ?
काठमाडौं । यो साता चार दिनमात्रै शेयर कारोबार भएको छ । हिन्दुहरुको महान चार्ड जनैपूणिमामा सार्वजनिक बिदा परेको कारण बिहिबार बजार बन्द भएको कारण आईतबारदेखि बुधवारसम्म मात्रै शेयर कारोबार भएको छ ।वाणिज्य बैंकहरुमध्ये पहिलो लाभांश घोषणा गर्ने माछापुच्छ्रे बैंक सर्वाधिक कारोबार हुने कम्पनीमा परेको छ। यो साता बैंकको १९ करोड ६३ लाख रुपैयाँको सेयर कारोबार गरेको छ।
दोस्रो नम्बरमा आईएमई लाइफ इन्स्योरेन्स रहेको छ। यो कम्पनीको १५ करोड ९० लाख रुपैयाँबराबरको सेयर कारोबार गरेको छ।दोस्रो बजारमा लगानीकर्ताहरुको रोजाईमा पर्दै आईरहेको सोल्टी होटेलको यो साता १४ करोड ५१ लाख रुपैयाँबराबरको सेयर खरिदबिक्रि भएको छ।
एसियन लाइफ इन्स्योरेन्स कम्पनीको १३ करोड ११ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, घोराही सिमेन्ट११ करोड ७२ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
लक्ष्मी सनराइज बैंक ११ करोड ५६ लाख रुपैयाँ, शिवम सिमेन्ट १० करोड ९३ लाख रुपैयाँ, नबिल बैंक करिब ९ करोड रुपैयाँ, हिमालयन डिस्टिलरी ८ करोड २८ लाख रुपैयाँ र नेपाल टेलिकम ८ करोड १८ लाख रुपैयाँ रहेका छन्।