हिमालयन ८०–२० योजनामा मागभन्दा बढीको आवेदन, कति जनाले दिए आवेदन ?

१५ भाद्र २०८०, शुक्रबार १८:२४

काठमाडौं। ‘हिमालयन ८०–२०’ योजनामा मागभन्दा बढीको आवेदन परेको छ ।‘हिमालयन ८०–२०’ योजनाका कुल १ अर्ब रुपैयाँबराबरको इकाइ गत साउन ३२ गतेबाट बिक्री खुला गरिएको थियो। यो म्युचुअल फन्डमा आज ५ बजेसम्ममा मागभन्दा बढीको आवेदन परेको छ ।

यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ जारी गरिएको थियो। कुल इकाइमध्ये १ करोड ५० लाख इकाइ वा कुल बिक्री भएको इकाइ संख्याको न्यूनतम १५ प्रतिशत इकाइ कोष प्रवर्द्धक हिमालयन बैंकलाई सुरक्षित राखी बाँकी ८ करोड ५० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन दिन सक्ने व्यवस्था गरिएको थियो।

आजसम्ममा यस योजनामा ४६ हजार १४१ आवेदकबाट कुल ९ करोड १४ लाख ६१ हजार ८२० इकाइ माग भएको छ। यो योजनाको अवधि १० वर्षको रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*